FAQs Complain Problems

संक्षिप्त परिचय

मधेश प्रदेश सप्तरी जिल्लाको मध्य भागमा अवस्थित तिरहुत गाउँपालिका २०७३ सालमा स्थापना भएको हो । ५ वटा गाउँ विकास समिति त्रिकौलको वडा नं. १ देखि ८ सम्म, मैनाकडेरीको वडा नं. १ देखि ९ सम्म, गोइठीको वडा नं. १ देखि ९ सम्म र त्रिकौलको वडा नं. ९, डिमनको वडा नं. १ देखि ९ र लोहजराको वडा नं. १ देखि ९ सम्म मिलेर स्थापना भएको हो । यस स्थानीय इकाईलाई पश्चिमबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका, दक्षिणबाट महादेवा र हुनमाननगर कंकालनी नगरपालिका र पूर्व र उत्तरबाट कञ्चनरूप नगरपालिकाले घेरिएको छ। यो इकाईलाई ५ वटा वडामा वर्गीकरण गरिएको छ (वडा नं. १ त्रिकौल, वडा नं. २ मैनाकडेरी, वडा नं. ३ गोइठी, वडा नं. ४ डिमन र वडा नं. ५ लोहजरा) । यसमा तातो मौसम भएको समतल जमिन समावेश छ। कृषि र पूर्वाधार विकास स्थानीय सरकारको प्राथमिकताका क्षेत्र हुन् ।

 

घरायसी सर्वेक्षण २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २४,०३४ रहेको छ जसमा ५,११६ घरधुरी रहेका छन् । पुरुषको जनसंख्या १२,०५६ र महिला ११,९७८ छ। यस स्थानीय एकाइ अन्तर्गत करिब १२ विभिन्न जातजातिहरू बसोबास गर्छन् जसमध्ये यादव,थारु, मुस्लिम,  सदा, खंग, मोची, मखिया लगायत अन्य जात जातीहरूको समुदाय हुन्। यो स्थानीय इकाईले ३७.८२ वर्ग किलोमिटर कुल क्षेत्र ओगटेको छ। अधिकांश जग्गा जङ्गल र कृषि क्षेत्रले ढाकेको छ । मैथाली थारु र नेपाली पछि बोलिने प्रमुख भाषा हो। यस क्षेत्रको प्रमुख पेशा कृषि हो । धान, मकै, गहुँ र तोरी खेती गर्न सकिने प्रमुख बाली हुन्। माछापालन अर्को प्रमुख पेशा हो।

 

जन प्रतिनिधि